पाल्पामा बाढीले बगाउँदा वृद्धाको मृत्यु

बुटवल । पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीया रीमासरा राना रहेकी छन् ।
उनको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, कामको सिलसिलामा गोठादीको सातपोखरी गएर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको थिइन् । बेपत्ता उनको खोजतलास गर्ने क्रममा ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएको हो ।