केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टरको मृत्यु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका इन्स्पेक्टर थापाको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताएका छन् ।
सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका थापालाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उनकबो हृदयघातबाट मृत्यु भएको आशंका गरिएको भएपनि पुष्टि भइनसकेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मृतक थापाको शव पोष्टमार्टम गरेर शनिबार नै दाहसंस्कार गरिने जनाइएको छ ।
