उपप्रमुख बानियाँद्वारा हेलो सेवा प्रालिको कार्यालय उद्घाटन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेलो सेवा प्रालिको कार्यालय उद्घाटन गरेका छन् ।
उपप्रमुख बानियाँले बिहीबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित कार्यालयको उद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै उपप्रमुख बानियाँले यस कार्यालयसँग सहकार्य गरेर काम गर्न स्थानीय सरकार तयार रहेको बताए । कार्यबाहक नगर प्रमुख समेत रहेका उनले यो काम अत्यन्तै राम्रो पनि रहेकाले नगरबासीका लागि खुसीको कुरा रहेको बताए ।
कार्यालयको उद्घाटन भएसँगै घरघरमा सेवा दिन सुरु पनि गरेको कम्पनीका सञ्चालक फडिन्द्र तिमल्सीनाले बताए । हेलो सेवा प्रालिले हेटौंडामा विभिन्न घरायसी व्यावसायीक र औद्योगिक प्राविधिक समस्या परेमा घर वा कार्यालयमै गएर सेवा दिइने उद्देश्यले यो नयाँ कार्यालय खोलिएको उनको भनाई छ ।
सो कम्पनीले वार्षिक रुपमा ग्राहक बनेर इलेक्ट्रोनिक, प्लम्बिङ, कारपेन्टरी, इभेण्ट, म्यानेजमेन्ट सेवा, कम्प्युटर, नर्सरी,तथा गार्डेनिङ, सिभल मर्मत, कोठा, घर भाडामा लिने दिने लगायतका सेवाहरु दिइने उनले बताए ।
यस्तै, कम्पनीका अर्का संचालक दिपक सुवेदीले हेटौंडाका घरधनी, व्यावसायीक कम्प्लेक्स र सरकारी, गैरसरकारी संस्थाहरुले आफ्ना आवश्यकता अनुसार ग्राहक बनेर यो सेवा लिन सक्ने जानकारी दिए ।
कुनै पनि व्यक्तिले ग्राहक बन्दा कार्यालयमै आएर वा बजार प्रतिनिधिहरुसँगको समन्वयमा सकिने अर्का सञ्चालक देबु प्रसाद चौलागाईले बताए ।
