हेटौंडा–१६ मा सामुदायिक भवनको शिलान्यास

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार १७:४३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ मा सामुदायिक भवनको शिलान्यास गरिएको छ । उपमहानगरका कार्यबाहक मेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा मंगलबार भवनको शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास गर्दै कार्यबहाक मेयर बानियाँले नगरबासीलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभुति दिलाउन उपमहानगर लागि परेको बताए ।

सामुदायिक भवनहरुबाट जनताले सहज तरिकाले सेवा पाउने समेत उनले विश्वास व्यक्त गरे । उनले भवन निर्माणको काम समयमै सक्न पनि निर्माण उपभोक्ता समितिलाई निर्देशन दिए ।

उपमहानगरको २० लाख बजेटबाट भवन निर्माण हुने १६ नं. वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए ।

शिलान्यास कार्यक्रम निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्ण पनेरुको अध्यक्षतामा भएका हो ।

कार्यक्रममा ८ नम्बर वडाध्यक्ष राम थापा, ९ नम्बर वडाध्यक्ष शुकराम केसी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय सुर्यप्रसाद गौतम, १६ नम्बर वडाका सचिव दुर्गाप्रसाद न्यौपाने, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण सापकोटा, स्थानीय समाजसेवी रामकृष्ण तिवारी लगायतको सहभागिता रहेको थियो ।