पोखरीमा डुबेर दुई बालकको मृत्यु
जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको नरहा गाउँपालिका–३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डलको पोखरीमा डुबेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा दुवै बालक हराएका थिए ।
साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



