एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
मकवानपुर । प्रगती माध्यमिक विद्यालय हेटौंडा–९ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
हेटौंडा कै सामूदायिक विद्यालयतर्फ एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याई जिल्ला प्रथम बनेको उक्त विद्यालयले सोमबार एक र्काक्रमबीच उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
२०८० सालको एसईई परीक्षामा १०७ जना विद्यार्थी सम्मिलित भएकोमा ८१ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको सभाध्यक्षता एवम् संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा कार्यवहाक वडाध्यक्ष विष्णु रानामगर, वडा सदस्य कमला पौडेल, विद्यालयका निवर्तमान अध्यक्ष प्रदीप पौडेल, पूर्व अध्यक्ष विष्णुमणि अधिकारी, सामूदायिक सेवा केन्द्रका अध्यक्ष राम विष्ट, पिटिए अध्यक्ष राजु गौतम, विद्यालयका प्राचार्य निरन्जन प्रसाद पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
साथै सो विद्यालयले ग्रेडवृद्धि गर्ने विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गरिने जनाएको छ ।
