करेन्ट लागेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार ०९:५३
file-photo

बाँके । बाँकेको कोहलपुरमा सोमबार साँझ करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी ४५ वर्षीया प्रेमा थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार, थारुको आफ्नै घरको धारामा नुहाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

पानी परिरहेको हुँदा मोटरमा करेन्ट प्रवाह भएको हुन सक्ने र त्यहीँबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको अनुमान रहेको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।