एसईई पूरक परीक्षाको तालिका प्रकाशन

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार ०८:४९
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको तालिका प्रकाशन गरेको छ ।

प्रकाशन तालिका अनुसार, परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ ।

परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी ५ सय रुपैयाँ राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट (वेवसाइटबाट डाउनलोड गरेको) सहित संलग्न राखी सम्बन्धित विद्यालयमार्फत् मिति २०८१ साउन १६ गतेसम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्ने जनाइएको छ ।

साथै २०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएको छ ।