हेटौंडका शिक्षकलाई तालिम

तु खबर संवाददाता
२०८१ असार १५, शनिबार १०:४४

मकवानपुर । हेटौंडाका शिक्षकहरुलाई एक दिने व्याकरण तथा विधागत शिक्षण सिकाई सम्बन्धि तालिम दिइएको छ ।

नेपाली भाषा शिक्षक समिति हेटौंडा उपमहानगरपालिका कार्यसमितिले शुक्रबार हेटौंडाभित्र रहेका संस्थागत तथा निजी विद्यालयका शिक्षकलाई उक्त तालिम दिएको हो ।

प्रशिक्षकद्वय ध्रुव भुजेल र केशव सञ्जेलले सहजीकरण गरेको उक्त कार्यशालामा ४५ विद्यालयका शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली भाषा शिक्षक समिति उपमहानगर अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको हो ।

तालिममा सहभागी शिक्षकहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका थिए । कथा, कविता कसरी शिक्षण गराउने भन्ने विषयमा समेत ज्ञान बढेको सहभागीको भनाई रहेको थियो ।

आगामी दिनमा पनि नेपाली विषयसँग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आगामी दिनमा पनि निरन्तरता दिँदै जाने अध्यक्ष आचार्यले प्रतिबद्धता जनाए ।