बागलुङमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएर बेपत्ता
बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
स्थानीय ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गएराति पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार, अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको र स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।
