यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८१ असार १५, शनिबार १०:०८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।