अशोक राई नेतृत्वको जसपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज बिहान १० बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा छलफल हुनेछ । पार्टीको आन्तरिक विषयवस्तुमा समेत छलफल हुने बताइएको छ ।
पार्टी विभाजनपछि सङ्गठन विस्तारको योजना अघि सार्ने यो पार्टीको तयारी छ । यस विषयमा पनि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारण बैठकमा राख्ने भएको जनाइएको छ ।