कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु
बुटवल । कपिलवस्तुमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको यशोधरा गाउँपालिका– ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुर रहेका छन् ।
प्रहरीका अनुसार, बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने जनाएको छ ।
