दालमोठ र आलुचिप्स उत्पादन गर्ने उद्योग संचालन

तु खबर संवाददाता
२०८१ असार १२, बुधबार १०:३९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा दालमोठ र आलु चिप्स उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ ।

१२ जना गृहिणी महिलाको समूहले खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरी सक्रिय महिला उद्योग सञ्चालनमा ल्याएको मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

उद्योगका अध्यक्ष अनुराधा उप्रेतीले दालमोठ र आलुचिप्स बनाउने तालिम लिएपछि १२ जना गृहिणी महिला मिलेर आवश्यक पक्रिया पूरा गरी उद्योग स्थापना गरेको जानकारी दिइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत अनुज्ञापत्र समेत लिइएको उनले बताइन् ।

हेटौंडा–६ रामनगरमा कोठा भाडामा लिएर सञ्चालन गरिएको उद्योगबाट बनाइएको आलु चिप्स एकसय ग्रामको एकसय रुपैयाँ र दालमाठ ५ सय ग्रामको २५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनमा हेटौंडा ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा–६ नम्बर वडा सदस्य बिजय पौडेल, तालिमका प्रशिक्षक शोभा श्रेष्ठ, सूचना श्रेष्ठ, महिला उद्यमी गीता मैनाली, हेटौंडा उपमहानगरपालिकाका कर्मचारी लगायतको आतिथ्यता थियो ।