पहिरोमा पुरिएर दुई जनाको मृत्यु
पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले पुरिएर छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर जिल्लाको पोखरा र मादी गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको हो ।
पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षीय बालकको मृत्यु भएको छ ।
यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई अनुरोध गरेको छ ।
