भरुवा बन्दुकले लागेर मकवानपुरका घलान घाइते
मकवानपुर । मकवानपुरमा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर १०, कोसिराङमा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय वर्ष ३१ को बिजय घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, घलान आफ्नै घरबाट लडेर खुट्टामा चोट लागेर उपचारको लागि मोडेल अस्पताल मकवानपुर आएका थिए ।
बुधबार अपरेशन गर्नुपर्ने भएपछि उनले आफ्नै बारीमा बादर लखेट्न गएको र सो क्रममा भरुवा बन्दुक पट्काउदा छर्राले आफैलाई लागेर घाइते भएका हुन् ।
लाईसेन्स नभएको बन्दुक प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
