राष्ट्रिय सीप प्रमाणपत्र बितरण कार्यक्रम
मकवानपुर । उमेरले झण्डै ६ दशक हाराहारीमा रहेका हेटौंडा–४, निवासी हबिब मिया आफ्नो सीपको उचित मुल्यांकन भएकोमा खुशी देखिन्छन् । दुई दशकदेखि कन्स्ट्रक्सन मेशन डकर्मीको काम गर्दै आएका मियासंग सिटिभिटीको प्रमाण पत्र नहुन्जेलसम्म आफ्नो कामको मुल्यांकन नभएको महसुस गर्दै आएका थिए ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले सीपको परीक्षण गरि परीक्षा लिएर मुल्यांकनको आधारमा सिटिभिटीको २ लेवलको प्रमाणपत्र उपलब्ध गराएपछि थप हौसला बढेको र काम गरेर खाने आधार बनेको मियालाई लागेको छ ।
यस्तै, हेटौंडा–४, कै सम्झना षेस्र्थ, शर्मिला दवाडी सिलवाल पनि गार्मेन्ट फेबृकेटर लेवल १ को प्रमाणपत्र पाँउदा सीप अनुसारको मुल्यांकन भएको बताउँछन । यस्तै, मनहरी गाउँपालिका–८, बेल्बासेका रामकुमार गिरी, हेटौंडा–७, नागस्वतीका माधव खतिवडा पनि सीप अनुसारको प्रमाणपत्र पाइयो अब तहगत काम पाइने कुरामा आशावादी छन् ।
राष्ट्रिय सीप प्रमाणपत्र बितरण कार्यक्रममा स्विस सरकार विकास सहयोग (एसडिसी) रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एनभिक्युएस् एमओएसडी बागमती प्रदेश प्राविधिक संयोजक सुकबहादुर चौधरीले बताए ।
३ तहको सरकार र सिटिइभिटीको समन्वय र साझेदारीमा कार्यक्रम भएको हो र ४२ जनालाई प्रमाणपत्र बितरण गरिएको संयोक चौधरीले जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिव राजन पौडेलले प्रमाणपत्र बितरण गरेका थिए ।
आर्थिक वर्ष २०८१–०८२ मा ५ सय जनाबाट प्रमाणपत्रको लागि छनौट हुने संयोजक चौधरीको भनाई छ । प्रमाणपत्रको पछाडी भागमा कामको दक्षताको विवरण खुलाइनाले पनि सीपको आधारमा काम पाइने र वैदेशिक रोजगारितामा पनि महत्वपूर्ण सपोर्ट हुने हुनाले पनि कार्यक्रमप्रति युवाहरूको आकर्षण बढेको चौधरी बताउँछन् ।
कार्यक्रम सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडामा भएको हो । औपचारिक वा अनौपचारिक रुपमा शिक्षा तथा तालिम पाएका, कामको अनुभवबाट सीप प्राप्त गरेका युवाहरूलाई मान्यताप्राप्त प्रमाणपत्रको साथै श्रमबजारमा रोजगारीको बृहत अवसर सृजना गर्नको निम्ति नेपाल सरकारबाट रास्टृयता प्रारुपसहितको रास्टृय व्यावसायिक योग्यता प्रारुप स्वीकृत भई कार्यक्रम अगाडि बढेको हो ।
संयोजक चौधरीका अनुसार, अहिले गार्मेन्टफेबृकेटर लेवल १, वेल्डर लेवल २, पेन्टर लेवल २, कन्स्ट्रक्सन मेशन डकर्मी लेवल २ को प्रमाणपत्र बितरण भएको हो । सामाजिक बिकास मन्त्रालयले हेटौंडामा पहिलो पटक उक्त कार्यक्रमको आयोजना गरेको हो । यस कार्यले सहभागीहरु उत्साहित रहेको चौधरीको भनाई छ ।
