हेटौंडामा सहकारी शिक्षा विस्तारित मञ्च कार्यक्रम

तु खबर संवाददाता
२०८१ असार २, आईतवार १७:५१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा एक दिवसीय सहकारी शिक्षा विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रम उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको हो ।

सहकारीले हेटौंडा–११ मा रहेको ४ वटा टोल विकास संस्थालाई लक्षित गरी सहकारी बारे जानकारी दिएको हो ।

कार्यक्रममा समुदाय लक्षित कार्यक्रममा बचत के हो ?, बचत किन र कसरी गर्ने ?, ऋण लिदाका फाइदा/बेफाइदा लगायतका विषयमा जानकारी गराइएको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए ।

सहकारीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता एवम् ११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, गीता सुनारलगायतकाको आतिथ्यता रहेको थियोे ।