हेटौंडामा क्रेनबाट खसेर एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ भैरवरोडमा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कसपमा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
क्रेनबाट खसेर हेटौंडा–१ चाईनाक्वाटर बस्ने अन्दाजी ४० वर्षीय झलक चन्द्र दाहाल घाइते भएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।
प्रवक्ता भण्डारीका अनुसार, दाहाल विद्युत प्राधिकरण केन्द्रीय वर्कसपमा जडान गरिएको ओभरहेड क्रेनको पुल्ली मर्मत गर्ने क्रममा अचानक खसेका थिए । गम्भीर घाइते उनको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि शनिबार नै चितवनको भरतपुर रिफर गरिएको छ ।
