दुई जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १४:३५
सांकेतिक तस्वीर

काठमाडौं । देशको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । रुपन्देही र रौतहट जिल्लामा दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत अवस्थामा भेटिएका छन् । थारु सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा भेटिएका हुन् ।

यस्तै, रौतहटको राजपुर नगरपालिका–५ मदनीचोक बस्ने ३२ वर्षीया नाजबुन नेसा पनि मृत अवस्थामा भेटिएका छन् । नेसा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

ती दुवै घटनाको विषयमाप्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।