मकवानपुरबाट एक क्विन्टल गाँजा बरामद
मकवानपुर । मकवानपुरबाट शुक्रबार बिहान प्रहरीले एक क्विन्टल लागूऔषध गाँजा बरामद भएको छ ।
जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त गाँजा इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार, ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको गरेको हो ।
उक्त मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेका छन् । ती फरार व्यक्तिको खोजीकार्य गर्नुका साथै प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
