करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते
विराटनगर । मोरङमा लुगा धुनेक्रममा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको जहदा गाउँपालिका–१ झैलाचोकमा मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीलाई उपचारका लागि विराटनगरको मकालु अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।यस्तै, सो क्रममा
करेन्ट लागेर २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरू सासु–बुहारी हुन् ।
