तिनाउ खोलामा डुबेर ३ भारतीय नागरिकको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार ०९:३६
file-photo

पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर तीन भारतीय नागरिकको मृत्यु भएको छ । उक्त नदीमा डुबेर ३ दिनमा ३ जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष रहेका छन् । शनिबार, आइतबार र सोमबार गरी ३ दिनमा दैनिक एक जनाको दरले गर्मी छल्न आएका तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको हो ।

सोमबार निता गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको अचानक पानीमा डुबेर मृत्यु भएको जनाइएको छ ।

यस्तै, आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ भने शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।