थानकोट– चित्लाङ सडकखण्ड असार २० सम्म बन्द रहने

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार ०९:०१

काठमाडौं । थानकोट–चित्लाङ सडकखण्ड आगामी असार २० गतेसम्म बन्द रहने भएको छ ।

सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको भन्दै बिहीबारबाट बन्द गरिएको हो ।

उक्त सडकखण्डमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहने जनाइएको छ ।

उक्त बाटो भई संचालन हुने यातायात बैकल्पिक सडक त्रिभुवन राजपथ भएर चलाउन भनिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।