वर्षातको पानी संकलन तथा व्यवस्थापनसम्बन्धी नीति बहस
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वर्षातको पानी संकलन तथा व्यवस्थापनसम्बन्धी नीति बहत कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त नीति बहस स्मार्ट वास सोलुसन, नेपाल रेन वाटर हार्भेस्टिङ एलायन्स र वन विज्ञान अध्ययन संस्थान हेटौंडाले आयोजना गरेको हो ।
कार्यक्रम प्रदेश सभा सदस्य रामप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता एवम् स्मार्ट वास सोलुसनका अध्यक्ष इन्जिनियर रामदिप साहको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा स्मार्ट वास सोलुसनका सल्लाहकार गणेश साह, वन विज्ञान अध्ययन संस्थान हेटौंडाका क्याम्पस प्रमुख डा. शिवकुमार मञ्जन, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्यीय बद्रीप्रसाद देवकोटालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा खानेपानी बोर्ड, खानेपानी उपभोक्ता समिति, खानेपानी क्षेत्रमा काम गर्ने संघसंस्था लगायतका क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
