मोटरसाइकलबाट खसेर मृत्यु भएको अवस्थामा दुई जनाको शव फेला

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार ०८:५६
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकलबाट खसेर मृत्यु भएके अवस्थामा दुई जनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ ।

भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।

करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको भएपछि पुष्टि नभइनसकेको प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।