सिआन पुनरस्थापना केन्द्र हेटौंडालाई एक लाख पुरस्कार
मकवानपुर । हेटौंडास्थित सिआन पुनरस्थापना केन्द्रलाई गृह मन्त्रालयको एक लाख पुरस्कार दिने भएको छ ।
देशैभरीमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले दुई वटा पुनरस्थापना केन्द्र छनोट गरेको थियो । तीमध्ये हेटौंडाको उक्त केन्द्रलाई पनि पुरस्कार प्रदान गरिने भएको हो ।
उक्त पुरस्कार २६ तारिखमा अन्तराष्ट्रिय लागूऔषधविरुद्धको दिवसका दिन पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।
यस केन्द्रले एक सय पुर्णङकमा ८५ अंक प्राप्त भएको थियो । अहिले यस केन्द्रमा ४६ जना जना उपचाररत छन् ।
