हेटौंडामा सडक नाटक तथा बजार परिसरमा सचेतना कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडामा सडक नाटक तथा बजार परिसरमा सचेतना र्याली कार्यक्रमको आयोजना गरिएको छ । रेडरोज इङलिस सेकेण्डरी बोडिङ स्कुल हेटौंडा–१६, हटियाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको दिन यस विद्यालयका बाल समूहद्वारा हेटौंडा–१६, चिसापानी चोकमा सडक नाटक तथा बजार परिसरमा सचेतना र्याली गरिएको हो ।
विद्यालयमा विद्यार्थीलाई अध्ययन गराउने मात्र भन्दा पनि समाजमा सचेतना जगाउनका लागि यस्ता खालका कार्यक्रम गरिएको विद्यालयका अध्यक्ष मदन कुमार दाहालले जानकारी दिए ।
