खाटबाट खसेर शिशुको मृत्यु
काठमाडौं । भक्तपुर नगरपालिका–१ कमलविनायकमा खाटबा खसेर एक शिशुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्का रहेका छन् ।
खाटबाट खसेर गम्भीर घाइते भएका ती शिशुको उचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
