६५ मत गणना बाँकी हुँदा श्रीधर ६४ मतले अगाडि

मकवानपुर । नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
अध्यक्ष पदमा हालसम्म ७ सय मत गणना भएको छ । जसमा श्रीधर पोखरेलले २९१ मत सहित अग्रता कायम गरेका छन् । त्यस्तै इन्द्रमान स्याङ्तानलले २२७ मत, लालबहादुर थापाले १६८ मत र देवराज रिमालले ११ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा हिदम लामाले ४३८ मत पाउँदा सुनिल मोक्तानले १७८ मत पाएका छन् भने भरत दुलालले ३३ र धुर्व चौलागाईंले २४ मत पाएका छन् ।
त्यस्तै सचिव पदमा मदन दाहालले २३० मत पाउँदा सिता बिष्टले २७९ राजन थापाले १५२ मत पाएका छन् ।
उपसचिव पुरुषतर्फ ईन्द्र नेपालले १२२, फुर्वा लामाले २१५ र दिपक खड्काले १५३् , खेम जर्गा मगरले ९०, कृष्ण प्रसाद चौलागाईंले ८१ मत पाएका छन् ।
उपसचिव महिलातर्फ भने आरती पाठकले २२२ मत पाउँदा जुना दाहालले १४० र पार्वती रानाले १५३ मत पाउँदा कल्पना बलामीले १४२ मत पाएकी छिन् ।