नेकपा एमाले निर्वाचन अपडेटः ६०० मत गणना गर्दा श्रीधरको अग्रता कायमै

मकवानपुर । नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
अध्यक्ष पदमा हालसम्म ६०० सय मत गणना भएको छ । जसमा श्रीधर पोखरेलले २५३ मत सहित अग्रता कायम गरेका छन् । त्यस्तै इन्द्रमान स्याङ्तानलले १८९ मत, लालबहादुर थापाले १३८ मत र देवराज रिमालले १० मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा हिदम लामाले ३८० मत पाउँदा सुनिल मोक्तानले १५१ मत पाएका छन् भने भरत दुलालले २५ र धुर्व चौलागाईंले २२ मत पाएका छन् ।
त्यस्तै सचिव पदमा मदन दाहालले १८८ मत पाउँदा सिता बिष्टले २४१ राजन थापाले १३४ मत पाएका छन् ।
उपसचिव पुरुषतर्फ ईन्द्र नेपालले १०५, फुर्वा लामाले १८३ र दिपक खड्काले १३४, खेम जर्गा मगरले ७६, कृष्ण प्रसाद चौलागाईंले ७० मत मत पाएका छन् ।
उपसचिव महिलातर्फ भने आरती पाठकले १९१ मत पाउँदा जुना दाहालले १२४ र पार्वती रानाले १२५ मत पाउँदा कल्पना बलामीले १२२ मत पाएकी छिन् ।