बंशगोपाल दुग्ध उत्पादक सहकारीको आयोजनामा अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ जेष्ठ २१, सोमबार ०९:२७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडास्थित बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले आइतबार एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको चालू आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाको कार्यालयमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा–६ का कार्यबाहक वडाध्यक्ष विजय पौडेल, संस्थापक अध्यक्ष हरिप्रसाद पौडेल, पूर्व अध्यक्ष बासुदेव अधिकारी, बासुदेव सापकोटा, साधुराम चौलागाईँ, निवर्तमान अध्यक्ष श्याम प्रसाद न्यौपाने, उपाध्यक्ष केशव धिताललगायतको सहभागिता रहेको थियो ।