एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा मंगलबार एमनेष्टी र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एमनेष्टी इन्टरनेसनलको ६३ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूह ६७ का संयोजक प्रकाश ढकालले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा एमनेष्टी इन्टरनेसनल समूह ६७ का सल्लाहकार बिजय कुमार वैद्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सल्लाहकारहरु बिजेन्द्र अग्रवाल, ह्याग्रीब आचार्य लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।
१५० भन्दा बढी देशमा क्रियाशिल एमनेष्टी इन्टरनेसनलले नेपालका ३७ जिल्लामा करिव ७ हजार सदस्य मार्फत् विविध कार्य गर्दै आएको समूह ६७ का सचिव रघुनाथ खरेलले बताए ।
