पर्यटन पूर्वाधार विकासका लागि झण्डै साढे ५ अर्ब बजेट

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १५:५६
file-photo

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासका लागि झण्डै साढे ५ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।

उनका अनुसार, बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।