उपमेयर कप ब्याडमिन्टनको उपाधी आग्रा स्पोर्ट्सल हात पार्यो
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सम्पन्न पाचौँ उपमेयर व्याडमिन्टन कप प्रतियोगिताको उपाधी आग्रा स्पोर्टस क्लबले हात पारेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा संग्राम खत्री समराजको टिमलाई पराजित गर्दै आग्रा स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो ।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी समूहलाई क्रमसः २० हजार, १५ हजार र १० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी आग्रा स्पोर्ट्सका नरेन्द्र मोक्तान हुन सफल भए । उनलाई नगद र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा शिखरक्लब र थाहा नगरपालिकाको टिम सान्त्वना भए । शिखर क्लबको तर्फबाट इशाक केसी र सुभाष थापाले खेलेका थिए भने थाहा नगरपालिकाको तर्फबाट कबिन्द्र वड र नबिन चौधरी खेलेका थिए ।
सानत्वना टिमले नगद २ हजार ५ सयका दरले पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
