कछुवा संरक्षणको माग गर्दै हेटौंडामा प्रदर्शन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा कछुवा संरक्षणको माग गर्दै प्रदर्शन गरिएको छ ।
वाइल्डलाइफ कन्जर्भेसन एण्ड रिसर्च एण्डेभर (वाइल्ड केयर) नेपालले विश्व कछुवा दिवसको असर पारेर बिहीबार प्रदर्शनको आयोजना गरेको हो ।
र्यालीमा सहभागी विद्यार्थीहरूले कछुवा स्टिकर तथा पोस्टकार्डहरु लिएर संरक्षणको सन्देशसहित नारा लगाएका थिए ।
फरेस्ट्री कलेजको मुख्य प्रवेशद्वारबाट सुरु भएको उक्त ¥याली झण्डा चोक, बुद्ध चोक हुँदै फरेस्ट्री कलेजको प्रवेशद्वारमा आएर टुंगिएको थियो ।
