करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
धनगढी । कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट एक भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
