दिव्यतारा बहुउद्देश्यीय सहकारीको सेवा थाहा नगरमा पनि

तु खबर संवाददाता
२०७४ माघ १६, मंगलवार १३:३८
तस्बिर–गुगल

हेटौँडा, १६ माघ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले थाहा नगरपालिकामा शेयर सम्पर्क कार्यालय स्थापना गरेको छ । सहकारीको थाहा नगरपालिकाको शिखरकोटमा सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

सहकारीको २० औँ स्थापना दिवसका अवसरमा कार्यक्षेत्र विस्तार र शेयर सदस्यहरुको सुवा सुविधा एवं पहुच वृद्धिका लागि सम्पर्क कार्यालय स्थापना गरिएको सहकारीका सचिव गणेश भेटवालले जानकारी दिए ।

कार्यक्रममा दिव्यतारा सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, लेखा संयोजक प्रकाश खतिवडा, व्यवस्थापक रमेश कोइराला, लेखा अधिकृत विना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सहकारीले यसअघि हेटौँडाको पदमपोखरी र सान्नानीटारमा शाखा विस्तार गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*