हेटौंडामा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ बनस्खण्डीमा मंगलबार एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.३ बस्ने ५२ वर्षीय कृष्ण भन्ने ईन्द्रबहादुर खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, खड्का बनस्खण्डीस्थित बस्ने बिनोद लामिछानेको पुरानो मान्छे नबसेको घरको सिडीमा मृत अबस्थामा फेला परेका हुन् ।
उनी एक महिना अगाडिदेखी घर छाडेर हिडेको र बिरामी समेत भएको थिए । पोष्टमार्टम पश्चात शव आफन्तले बुझेर लगेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
