बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु

तु खबर संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १७:५७
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले प्रदेश उच्च शिक्षा ऐन २०८० को अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयका छुट्टाछुट्टै कर्मचारीहरुको संक्षिप्त दरबन्दीको व्यवस्थापन गर्न स्वीकृत प्रदान गरेको प्रवक्ता श्रेष्ठले बताए ।