पानी तान्ने क्रममा करेन्ट लागेर पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १६:२१
file-photo

नवलपरासी (पश्चिम) । नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मंगलबार बिहान एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरावल गाउँपालिका–३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।