हेटौंडामा लडेर एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ मा सोमबार लडेर एक जना घाइते भएकी छन् ।
घाइते हुनेमा स्थानीय ५७ वर्षीया लब कुमारी खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै घरमा बसिरहेकी खतिवडा जुरुक्क उढ्ने क्रममा एक्कासी लडेर घाइते भएकी हुन् ।
उनको नोवल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवनको भरतपुरस्थित सिएमसीमा लगिएको जनाइएको छ ।
