हेटौंडामा पुरुषको शव फेला

तु खबर संवाददाता
२०८१ जेष्ठ ७, सोमबार ०९:४६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा एक जना पुरुषको शव फेला परेको छ । हेटौंडा उपहानगरपालिका वडा नं.५ पिप्लेकुनामा एक पुरुष शव फेला परेको हो ।

उक्त शव स्थानीय ५६ बर्षीय कुमार सिंह ठकुरीको रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, ठकुरी आफ्नै घरभित्र काठको बलोमा गलबन्दीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।