हेटौंडामा खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठिको आयोजना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठिको आयोजना गरिएको छ ।
गोष्ठि राष्ट्रिय योजना आयोग, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा भएको हो ।
गोष्ठिको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले उद्घाटन गरेका हुन् । सो क्रममा उनले खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका दशौ तहका अधिकृत भरत प्रसाद बिडारीले खाद्य प्रणाली रुपान्तरणका पहल तथा बागमती प्रदेशमा चालु आर्थिक वर्षमा खाद्य प्रणाली रुपमान्तरणका कार्यक्रमको उपलब्धी तथा सिकाईका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा विभिन्न तीन वटा समूहगत रुपमा छलफल गरी प्रस्तुतीकरण समेत गरिएको थियो ।
कार्यक्रम प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब राजेन्द्र कोइरालाको अध्यक्षतामा भएको हो ।
