करेन्ट लागेर एक जनाको मृत्यु
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, देवदह–१ बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
