काठमाडौं सुकेधारामा पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको सुकेधारामा आज बिहानै एक जना पुरुषको शव भेटिएको छ ।
चोक नजिकैको नालामा आज बिहान पुरुषको शव भेटिएको प्रहरी बिट सुकेधाराले जनाएको छ ।
प्रहरीका अनुसार, ती पुरुषको पहिचान खुल्न बाँकी रहेको र अहिले मुचुल्का गर्ने काम भइरहेको छ ।
उक्त घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
