आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ बैशाख २९, शनिबार ०८:३१
file-photo

काठमाडौं । । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना जनाएको छ ।

महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, हाल हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।