पानी परेसँगै वायु प्रदूषणमा न्यूनिकरण
काठमाडौं । देशभर विभिन्न स्थानमा पानी परेसँगै वायु प्रदूषणमा न्यूनिकरण भएको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ को मंगलबारको तथ्याङ्क अनुसार, काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषणमा न्युनीकरण भएको हो ।
वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर मंगलबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको जनाइएको छ ।
डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको बताए ।
वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुने उनको भनाई छ । हाल देशको विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
