चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु
अछाम । अछाममा गएराति चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी रहेका छन् ।
उनको हुरीबताससँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
