सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनमा आएको अवसरमा र्याली
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयनमा आएको अवसरमा र्याली कार्यक्रमको आयोजना गरिएको छ ।
प्रदेशमा आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आएको अवसरमा तामाङ र नेपाल भाषा दिवस मूल समारोह समिति मकवानपुरले र्याली कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको र्याली सिमाचोक, स्कुलरोड, पारिजात पथ, कान्तिराज पथ, मानसचोक हुँदै हेटौंडा–२ स्थित वनस्खण्डीसम्म पुगेर कोषसभामा परिणत भएको थियो ।
सो क्रममा झाँक्री, नेवारी बाजा टोली र जातिगत संघ, संगठनका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम नेवाः देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णु गोपाल महर्जनको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमको अवसरमा सभाध्यक्ष महर्जन र प्रमुख अतिथि घलानले नेवाः साँस्कृतिक संग्रहालयको पनि संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
